> राष्ट्रिय > बाल दिवसको अवसरमा रेडियो संवाद कार्यक्रम सम्पन्न


बाल दिवसको अवसरमा रेडियो संवाद कार्यक्रम सम्पन्न

प्यूठान, २९ भाद्र । प्यूठानमा बाल दिवसको अवसरमा रेडियो संवाद कार्यक्रम सम्पन्न भएको छ ।

सोमवार सामुदायिक रेडियो कृपालुको आयोजनामा रेडियो कृपालु ९९ मेगाहर्जमा बाल दिवस २०७७ को अवसरमा विभिन्न व्यत्तित्वहरुसँग बालबालिकाको अवस्थाबारे रेडियो संवाद कार्यक्रम सम्पन्न भएको हो ।

उक्त संवाद कार्यक्रममा मानव अधिकारकमी जग्गनाथ पोख्रेल, प्यूठान नगर बाल सञ्जालका पुर्वअध्यक्ष शुशांख पौडेल, जिल्ला बाल सञ्जालका सदस्य सुवाश सुवेदिको उपस्थितिमा प्यूठानमा बालबालिकाको अवस्था, कोरोनाबाट बालबालिकामा पारेको प्रभावबारे छलफल गरिएको थियो ।

कार्यक्रममा मानवअधिकार कर्मी जगनाथ पोख्रेलले प्यूठानमा स्थानिय तहहरुले बालबालिकामा लगानी गर्न नसक्दा बालवालिकाको आवश्यक विकास हुन नसकेको बताउनुभयो । स्थानिय तहले आफ्नो क्षेत्रका विद्यालयको अवस्था कस्तो छ र कसरी बैकल्पिक शिक्षा प्रदान गर्न सकिन्छ भन्ने बारे ध्यान दिनसमेत उहाँले आग्रह गर्नूभयो । बालबालिका बाल अधिकारबाट वञ्चित हुनुहुदैन, उहाँले भन्नुभयो “स्थानिय तहले बालवालिकाको शिक्षामा विशेष ध्यान दिन आवश्यक छ । ”

हाल बालबालिकालाइ व्यस्त र स्वास्थ्य बनाउन बालबालिकाको रुचिका खेलकुद योजना बनाउनपर्नेमा प्यूठान नगर बाल सञ्जालका पुर्वअध्यक्ष शुशांख पौडेल जोड थियो ।

प्रशासनको सहकार्यमा बाल सञ्जालले विभिन्न सचेतनामुलक कार्यक्रम सञ्चालन गरेको जिल्ला बाल सञ्जालका सदस्य सुवाश सुवेदिले बताउनुभयो । स्थानिय तहहरुलाइ बालबालिकाप्रति थप जिम्मेवार भएर काम गर्नसमेत उहाँले आग्रह गर्नूभयो ।

कार्यक्रमको सञ्चालन बाल अभियानन्ता पुजा भुषालले गर्नुभएको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *