लमही । सुशासनले मात्र भ्रष्टाचार रोक्न सक्ने लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले बताउनुभयो । लुम्बिनी प्रदेश स्तरिय दुई दिने सूचनाको हक सम्बन्धि प्रशिक्षण शिबिरको शुक्रवार लमहीमा उद्घाटन गर्दै उहाले यस्तो बताउनुभएको हो ।
सूचनाको हक प्रबर्द्धनका गतिबिधिहरुले समाजमा भएका बेथितिहरुलाइ रोक्ने उहाको भनाइ थियो । प्रदेश सरकारले मातहतका कार्यालयहरुलाइ १४ बुदे निर्देशन गर्दै सूचना अधिकारी तोक्ने, फोन नम्बर सहित सबैले देख्ने गरि ब्यानर र बेब साइटमा राख्न निर्देशन गरेको उहाले बताउनुभयो । भ्रष्टाचार न्यूनीकरण गर्दै सुशासन कायम गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उहाले उल्लेख गर्नुभयो ।
सरकारले ५ वर्षे रणनीतिक योजना बनाउन लागेको भन्दै उहाले मुख्यमन्त्री कार्यालयमा सुझाव दिन अनुरोध समेत गर्नुभयो ।
प्रशिक्षणमा प्रदेशका १२ जिल्लाका अभियान्ता तथा पत्रकारहरुको सहभागीता रहेको सूचनाको हकका लागि राष्ट्रिय महासंघका अध्यक्ष उमिद बागचन्दले जानकारी दिनुभयो ।