> समाज > प्रहरीलाई मनोसामाजिक स्याहार तालीम


प्रहरीलाई मनोसामाजिक स्याहार तालीम

प्युठान । नेपाल प्रहरीलाई मनोसामाजिक स्याहार तालीम दिईएको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानको आयोजना, लुम्बिनी प्रदेश सरकार तथा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलवस्तुको सहकार्यमा २ दिने तालीम दिईएको हो ।

 

 

तालीममा मनोसामाजिक अवधारणा, आत्महत्या न्यूनिकरण, आत्महत्याका संकेत तथा जोखिमहरु र तनाव व्यवस्थापन सम्बन्धमा जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतमा कार्यरत ३४ जना प्रहरी कर्मचारीहरुलाई प्रशिक्षण गरीएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

 

सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलवस्तुका कार्यक्रम प्रवन्धक प्रकाश घिमिरेले तालीमको औचित्य र आवश्यकताको विषयमा जानकारी गराउनुभएको थियो ।

 

आत्महत्या न्यूनीकरणका लागी गठन गरिएको जिल्ला तथा पालिका स्तरीय मनोसामाजिक स्वास्थ्य प्रवर्धन तथा व्यवस्थापन समितिलाई मुर्तरुप दिन प्रहरीलाई तालीम दिईएको जिल्ला प्रहरी कार्यालय प्यूठानका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक इश्‍वर थापाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *