> समाज > भैलोको रकमबाट बिपन्न परिवारको छानो मर्मत र मिटर बक्स सहयोग


भैलोको रकमबाट बिपन्न परिवारको छानो मर्मत र मिटर बक्स सहयोग

प्यूठान । जनसेवा युवा क्लब मल्लरानी गाउपालिका-१ सानीलेकले यस वर्ष संचालन गरेको देउसीभैलोबाट संकलन भएको रकमबाट बिपन्न परिवारलाई सहयोग गरेको छ । एक परिवारको घरको छानो मर्मत र दुई परिवारलाई बिजुलीको तार र मिटर बक्स प्रदान गरेको हो ।

स्थानीय एकल महिला मसली कमिनीको ढुङ्गगाले छाएको जिर्ण छानो मर्मतका लागि ७६ हजार ५ सय सहयोग गरेको स्थानीय सुवास बिकले जानकारी दिनुभयो । केही वर्षदेखि जिर्ण छानो मर्मतका लागि कतैबाट सहयोग नभएपछी भैलो र सहयोग संकलन गरि छानो मर्मत गरिएको हो । पालिकाले जस्तापाता सहयोग गर्ने कुरा चलेपनी मापदण्ड भित्र नपर्ने भन्दै सहयोग गरेको थिएन ।


एकल महिला सिता कामी र कालि कमिनीको परिवारलाई विद्युत तार र मिटर बक्स सहयोग प्रदान गरिएको छ । गाउमा विद्युतिकरण भएको ८ वर्ष बितिसक्दा समेत उनीहरु बत्ति मुनिको अध्यारोमा बस्नुपर्ने बाध्यता रहेको थियो ।

 

भिम बहादुर कामीको अध्यक्षता, नारायण पुन मगरको प्रमुख आतिथ्यता, धन बहादुर कामीको विशेष आतिथ्यता र सुबास विकको संचालनमा बिहीबार एक कार्यक्रमको आयोजना गरि सहयोग हस्तान्तरण गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *