> राष्ट्रिय > प्यूठान-भालुवाङ सडक अझै बन्द


प्यूठान-भालुवाङ सडक अझै बन्द

प्यूठान । निरन्तर वर्षाले ठाउँठाउँमा पहिरो खस्दा बन्द भएको प्यूठान-भालुवाङ सडकखण्ड अझै खुल्न सकेको छैन । दरभान देखी चकचके जस्पुरसम्म ८ ठाउँमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

 

पहिरो हटाउने प्रयास भने जारी रहेको छ । सडक बन्द हुँदा लामो तथा छोटो दुरीको सवारीसाधन चल्न सकेका छैन । दशैका लागि जिल्ला भित्रिएका सर्वसाधारण फर्किन सकेका छैनन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *