> राष्ट्रिय > प्यूठानमा भदौ २६ गतेदेखी कोभिड १९ बिरुद्द फाइजर-बायोनटेक खोप दिइने


प्यूठानमा भदौ २६ गतेदेखी कोभिड १९ बिरुद्द फाइजर-बायोनटेक खोप दिइने

प्यूठान । जिल्लामा भदौ २६ गतेदेखी कोभिड १९ बिरुद्द फाइजर-बायोनटेक खोप दिइने भएकोछ । १२ बर्ष माथिका सबै उमेर समुहलाई खोप दिइनेछ ।

 

जिल्लामा ४० हजार भ्याक्सिन प्राप्त भएको स्वास्थ्य कार्यालय प्यूठानका निमित्त कार्यालय प्रमुख मधुसुदन खड्काले जानकारी दिनुभयो ।

 

यसअघि कोभिडको संक्रमण देखिएलाई यो खोपले रोगप्रतिरोध क्षमता बढाउने निमित्त प्रमुख खड्काले जानकारी दिनुभयो ।

 

पहिले खोप लगाउदा कुनैपनी गम्भीर प्रकारको एलर्जी प्रतिक्रिया भएकालाई र गम्भीर प्रकारका बिरामीलाई यो खोप दिइनेछैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *