> राजनीति > प्यूठानमा एमाले निर्वाचनमा केन्द्रित, दैनिक औपचारीक अनौपचारीक कार्यक्रम


प्यूठानमा एमाले निर्वाचनमा केन्द्रित, दैनिक औपचारीक अनौपचारीक कार्यक्रम

प्यूठान । नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्यूठानले आफूलाई निर्वाचनमा केन्द्रित गरेको छ । पार्टीको आन्तरीक संगठन निर्माणमा यसअघि निरन्तर लाग्दै आएको एमाले अहिले भने निर्वाचन लक्षित कार्यक्रम गरिरहेको छ ।

 

एमाले प्यूठानबाट प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यका लागि सर्वसम्मत रुपमा उम्मेदवार टुंगाईसकेको छ । प्रतिनिधिसभा तर्फ एमालेका पोलिटव्यूरो सदस्य तथा प्यूठान जिल्ला इन्चार्ज सूर्य थापा, प्रदेश क मा तुल्सीराम शर्मा र प्रदेश ख मा हरि प्रसाद रिजालको नाम सर्वसम्मत रुपमा सिफारीस भएको छ । सर्वसम्मत रुपमा नाम सिफारीस भएसँगै पार्टीका नेता कार्यकर्ता समेत उत्साहित भएर संगठन निर्माण तथा परिचालनमा लागेको एमाले जिल्ला अध्यक्ष विजय विराज विष्टले बताउनुभयो ।

 


निर्वाचन लक्षित कार्यक्रम तथा योजना बनाउनका लागि पार्टीले जिल्ला कमिटी, प्रदेश क्षेत्रीय कमिटी, विभिन्न विभाग, जनसंगठन कमिटी लगायतको बैठक तथा भेला गर्दै आएको छ । जिल्लाका सवै स्थानीय तहको पालिका कमिटीको बैठक बस्न थालेका छन् ।

 

जिल्लाका विभिन्न औपचारीक अनौपचारीक कार्यक्रममा प्यूठान इन्चार्ज तथा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सूर्य थापा सहितका नेता पुग्ने गरेका छन् । उनीहरुले आगामी निर्वाचनमा एमालेका एजेण्डा मतदातामाझ पुर्‍याउन कार्यकर्तादलाई निर्देशन दिएका छन् ।

 


पछिल्लो समय एमालेमा आवद्ध हुनेको संख्या समेत बढ्दै गएको छ । विभिन्न पार्टी परित्याग गरेर एमालेमा जोडिने क्रम अझै जारी रहने पोलिटव्यूरो सदस्य तथा प्यूठान इन्चार्ज सूर्य थापाले बताउनुभयो । विगतमा एमालेले देशव्यापी रुपमा गरेको विकासका काम र आगामी दिनमा लक्ष्यप्रति आम मतदातामा विश्वास रहेको उहाँको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *