प्यूठान । जिल्लामा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि उम्मेदवार बनेका उम्मेदवारले मत हालेका छन् । प्रतिनिधि सभा सदस्यका उम्मेदवार सूर्य थापाले अमरसिंह मावि सौतामारे केन्द्रमा पुगेर मतदान गर्नुभएको छ ।
त्यसैगरि प्रदेश क्षेत्र नम्वर २ का उम्मेदवार हरि प्रसाद रिजालले गंगा मावि बाहानेबाट मतदान गर्नुभएको छ ।
नेकपा माओवादीबाट प्रदेश क्षेत्र नम्वर १ का उम्मेदवार कृष्ण अधिकारीले गणेश मावि तिरामबाट मतदान गर्नुभएको छ । रास्ट्रीय जनमोर्चाबाट प्रतिनिधि शभा सदस्य उम्मेदवार दुर्गा पौडेलले बाल शिक्षा माबिबाट मतदान गर्नुभएको छ ।
