> राष्ट्रिय > लिखत पारितको सय वर्ष पुरा : बाँसको कलमको प्रयोग देखी अनलाईनप्रविधिसम्म


लिखत पारितको सय वर्ष पुरा : बाँसको कलमको प्रयोग देखी अनलाईनप्रविधिसम्म

प्यूठान । जग्गा रजिष्ट्रेशन पास भएको एक वर्ष पुरा भएको अवसरमा जिल्लामा अन्र्तक्रिया कार्यक्रम गरिएको छ । सदरमुकाम खलंगा र जस्पुरमा रहेको मालपोत तथा नापी कार्यालयले तीन दिने कार्यक्रम गरि शतवार्षिकी मनाउँदै छन् ।

लेखापढी कानुन व्यवसायी संघ प्यूठानका अध्यक्ष बोधिप्रसाद पोख्रेलले बाँसको कलमले लिखत लेख्ने दिनदेखी अहिले अनलाईन प्रविधिसम्म आउँदा धेरै सहज हुँदै गएको बताउनुभयो । कार्यक्रममा बोल्दै उहाँले प्रविधिको प्रयोगले काम गर्न सहज भएपनि प्राविधिक समस्याले टाढा बाट आउने सेवाग्राहीले कहिलेकाँही दुस्ख पाउने गरेको बताउनुभयो ।

 

कार्यक्रममा मालपोत कार्यालय प्यूठानका मालपोत अधिकृत भोज बहादुर भण्डारीले सेवालाई चुस्त दुरुस्त बनाउदै लगिएको उल्लेख गर्नुभयो । सेवाग्राहीलाई खानेपानी, शौचालय, मनोरञ्जनको सुविधा समेत दिएको उहाँको भनाई छ । प्राविधिक समस्याले कहिलेकाँही काम नभएपनि पारदर्शिता बढ्दै गएको जानकारी गराउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले अनलाईन सेवाले छिटो छरितो सेवा दिन थालेको बताउनुभयो । प्रविधिमा आउने समस्या बाहेक अरु सेवा प्रवाह छिटो छरितो र पारदर्शी हुने उहाँको भनाई छ ।

कार्यक्रममा मालपोत कर, जग्गाको दररेट निर्धारण, अनलाईन सेवा, सडकको लगत कट्टा लगायतका विषयमा छलफल भएको थियो । स्वागत नापी अधिकृत सुरेश भण्डारी र सञ्चालन नारायण प्रसाद घिमिरेले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *