समाज

अपाङ्गताको सवालमा स्वयंसेविकालाई अभिमुखिकण

प्युठान । अपाङ्गता भएका ब्यक्तिको सवालमा महिला स्वास्थ्य स्वयंसेविकालाई पहिलो पटक एक दिने अभिमुखिकण गरिएको छ। मल्लरानी गाउँपालिकाको सहयोग तथा र्राष्ट्रिय अपाङ्ग सेवा संघ प्युठानको आयोजनामा अपाङ्गताका सवालमा मल्लरानी गाउँपालिका भित्रका महिला स्वास्थ्य स्वयंसेविका हरुका लागि कार्यक्रम गरिएको संघले जानकारी गराएको छ।

घर परिवार तथा सामाजमा अझै पनि अपाङ्गता भएका बालबालिकाहरुको स्वास्थ्यमा पहुँच पुग्न नसकेको, स्वास्थ्य र पोषणमा कमि ध्यान पुग्न नसकेको बारेमा छलफल भएको थियो। सबै निकाय बाट अपहेलना गर्न नहुने, उनिहरुलाई सहयोग, हौसला र अवसरको लागि सरोकारवाला निकायको ध्यान जानू पर्नेमा जोड गरिएको छ।

अपाङ्गताको सवाल साझा नहुदा समस्या भएकोर आगामी दिनमा अपाङ्गता भएका ब्यक्तिलाई पनि सक्दो सहयोग गरिने सहभागीको भनाइ रहेको थियो। गाउँपालिका उपाध्यक्ष सरिता जि सि ले अपाङ्गता भएका ब्यक्तिको सवालमा सबै एक हुनु पर्ने र उनिहरुलाई सेवा सुबिधामा कमि गर्न नहुने बताउनु भएको थियो। साथै उहाँले अपाङ्गता भएका ब्यक्तिको संबेदनसिलतालाई सबैले आत्मसात गर्नु पर्ने बताउनु भएको छ।

 

अभिमुखिकारण कार्यक्रममा सि बि आर कार्यक्रम के हो? नेपालमा एसको प्रयोग समस्या, चुनौती र अवसर , अपाङ्गमैत्री संरचना, सहजरुपमासेवा सुबिधा, स्वास्थ्यमा पहुँच वृद्धि कसरी गर्ने, स्वयंसेविकाको भुमिका आदि बारेमा संघका अध्यक्ष जुमान सिंह के सी, राजेन्द्र रावत क्षत्रिले सहजीकरण गर्नु भएको थियो।

Related Articles

Back to top button