स्थानीय सरकार

माण्डवीको योजना : जनतामा कर तिर्ने बानीको विकास गराउने (बजेट वक्तव्यको पूर्ण पाठ)

प्यूठान । माण्डवी गाउँपालिकाले जनतामा कर तिर्ने बानीको विकास गराई आन्तरिक आय बढाउने लक्ष्य लिएको छ । गाउँपालिका उपाध्यक्ष पूर्ण प्रसाद कालाथोकीले आ.व. २०८१÷०८२ को बजेट वक्तव्य पेश गर्दै जनतामा चेतना अभिबृद्धि गराई सूचना तथा प्रचार प्रसार गरि स्वयम करदातालाई नै जागरुक गराउने प्रणालीको विकास गर्ने उल्लेख गरिएको छ ।

निर्धारण गरिएका कर शुल्क तथा दस्तुरहरु संकलनका लागि वडा स्तरबाटै सूचना प्रविधिको प्रयोग मार्फत सक्रिय गराईने वक्तव्यमा जनाएको छ ।

पालिकाले विद्युत महसुलको न्यूनतम खपत गर्ने पालिकावासीको विद्युत महसुल भुक्तानी गर्ने, शहिद परिवारलाई मासिक भत्ता, एक घर एक धारा कार्यक्रमलाई निरन्तरता दिँदै लिफ्ट खानेपानीको विद्युत महसुल पालिकाले भुक्तानी गर्ने कार्यक्रम बजेट वक्तव्यमा समेटिएको छ ।

पुर्ण पाठ हेर्न यहाँ क्लिक गर्नुहोला । (बजेट बक्तव्य २०८१-०८२)

Related Articles

Back to top button