> राजनीति > दुव्र्यवहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ नगरेपछि गाउँपालिकाले गरायो गृहमन्त्रालयको ध्यानाकर्षण


दुव्र्यवहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ नगरेपछि गाउँपालिकाले गरायो गृहमन्त्रालयको ध्यानाकर्षण

प्यूठान । करीव एक महिना अघि मल्लरानी गाउँपालिका अध्यक्ष सहितका व्यक्तिलाई दुव्र्यवहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गर्न नसकेको भन्दै गाउँपालिकाले गृहमन्त्रालयको ध्यानाकर्षण गराएको छ ।

 

गाउँपालिका अध्यक्ष अमरध्वज रानाले फागुन ९ गतेको घटनामा संलग्न व्यक्तिलाई पक्राउ गर्न माग गर्दै घटना विवरण र निणर्य सहित आज गृहमन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाउनुभएको हो ।

 

जिल्ला प्रशासन कार्यालय प्यूठानमा प्रमुख जिल्ला अधिकारी मार्फत ध्यानाकर्षण पत्र पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *