प्यूठान, २३ भदौ । नेकपा एमालेबाट अलग भएको नेकपा एकीकृत समाजवादी पार्टी रोज्न चाहने नेकपा एमालेबाट विजयी जनप्रतिनिधीका लागि दिइएको समयसिमा सकिएको छ ।
निर्वाचन आयोगले यहि भदौ २२ गतेसम्मका लागि समय दिएको थियो ।
उक्त अवधिमा प्यूठानमा नेकपा एमालेबाट स्थानीय तहको निर्वाचनमा विजयी भएका ७ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी रोजेका छन् । जिल्ला निर्वाचन कार्यालय प्यूठानमा उपस्थित भई सनाखत गरेर प्यूठान नगरपालिका, सरुमारानी गाउँपालिका र नौबहिनी गाउँपालिकाका ७ जना जनप्रतिनिधिले समाजवादी पार्टी रोजेका हुन् ।
यसअघि निर्वाचन कार्यालय प्यूठानमा पुगेर सनाखत गरेपनि प्यूठान नगरपालिका वडा नम्वर ९ का वडा सदस्य राजेन्द्र केसीले भने सनाखत फिर्ता लिनुभएको छ । सनाखत गर्ने अन्तिम दिन भदौ २२ गते नौबहिनी गाउँपालिका वडा नम्वर १ का पूर्ण बुढा र दलसरा विकले नेकपा एकीकृत समाजवादी रोज्नुभएको हो ।
