> समाज > स्याउलिवाङ–बुटवल जीप र स्याउलिवाङ–बाग्दुला बस सेवा संचालनमा


स्याउलिवाङ–बुटवल जीप र स्याउलिवाङ–बाग्दुला बस सेवा संचालनमा

महेश थापा

प्यूठान । जिल्लाको दुर्गम क्षेत्र स्याउलिवाङबाट नियमित बस तथा जीप सेवा संचालन हुने भएको छ । शुक्रबार स्वर्गद्धारी गौमुखी यातायात सेवा प्रा.लि.ले स्याउलिवाङ बस पुर्याएर नियमित सेवा संचालन गर्न लागेको हो ।

 

स्याउलिवाङसँग नयाँ ट्रयाक जोडिएकाले वर्षायाम सकिएसँगै यातायात सेवा संचाल गर्न लागिएको प्रा.लि.का अध्यक्ष चन्द्रमान श्रेष्ठले जानकारी दिनुभयो । सहज र नियमित यातायात सेवा संचालनका लागि भने मोटरबाटोको स्तरोन्नती आवश्यक रहेको उहाँले बताउनुभयो ।

 

स्याउलिवाङबाट विहान ६ बजे बुटवल र साढे ६ बजे बाग्दुलाका लागि जीप छुट्ने छ । बस विहान ७ बजे छुट्ने छ । बाग्दुलाबाट जीप दिउँसो १ बजे र बस दिउँसो २ बजे छुट्ने छ । बाग्दुलाबाट बाहाने प्रति किलोमिटर १० रुपैंया र बाहानेबाट स्याउलिवाङ प्रति किलोमिटर १२ रुपैंया बस भाडा निर्धारण गरिएको छ । जीपमा बाग्दुला–बाहाने प्रति किलोमिटर १२ र बाहाने–स्याउलिवाङ प्रति किलोमिटर १५ रुपैंया भाडा दर कायम गरिएको यातायात सेवा प्रा.लि.ले जनाएको छ ।

 

सामान ढुवानीका लागि बसमा प्रति क्वीन्टल ४ सय र जीपमा ५ सय रुपैंया भाडा निर्धारण गरिएको छ ।