प्युठान । मल्लरानी गाउँपालिकाले शोक विदा दिने भएको छ । मल्लरानी गाउँपालिका वडा नं. ३ का वडा सदस्य दामोदर परियार(नेपाली)को दुर्घटनामा निधन भएकोले पालिकाले पुस १ गते शोक विदा दिने निणर्य गरेको हो ।
गाउँपालिकाले राष्ट्रिय झण्डा आधा झुकाउने र पालिका तथा वडा कार्यालयहरुमा शोक विदा दिने गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले बताउनुभयो । ५२ वर्षीय परियारको जन्ती गएका बेला गाडीको ठक्करबाट ज्यान गएको थियो ।
