प्युठान । गौमुखी गाउँपालिकाको ठुलाबेसीमा दशै विशेष अवसरमा खुल्ला भलिबल तथा बिबिध साँस्कृतिक कार्यक्रम गर्न लागिएको छ ।
ठुलाबेसी सामुदायिक बिकास मन्च गौमुखीको आयोजनामा कात्तिक २ गतेदेखि ४ गतेसम्म कार्यक्रम गर्न लागिएको हो ।
बिगतका वर्ष जस्तै स्थानीय युवाहरुको सक्रियतामा भलिबल तथा विविध साँस्कृतिक कार्यक्रम यस वर्षपनि निरन्तरता दिने निर्णय भएको सस्थाका अध्यक्ष रबि चन्दले बताउनुभयो । उहाँले जिल्लाकै इतिहासमा ठूलो धनराशी १ लाख ३३ हजार ३३३ रुपियाँ प्रथम पुरुस्कार रहेकाे खुल्ला भलिबल प्रतियोगिता गर्न लागिएको बताउनुभयाे ।
दशै बिशेष कार्यक्रम २०८० मा दुर्गम गाउँबस्तीका बिपन्न वर्गलाई लक्षित गरि निशुल्क स्वास्थ्य शिविर समेत संचालन गरिने सस्थाका सचिव केशव बहादुर केसीले जानकारी दिनुभयो । निमतारा पोलिक्लिनिक बिजुवार प्युठानसँगको सहकार्यमा स्वास्थ्य शिविर संचालन गर्ने सहमति गरिएकाे उहाँले जानकारी दिनभयाे ।
कार्यक्रममा खुल्ला भलिबल प्रतियोगिता, खुल्ला लोकनृत्य, म्युजिकल चियर, सोलोबाइक रेस र स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने आयाेजकले जनाएको छ ।