> राष्ट्रिय > प्राथमिक स्वास्थ्य केन्द्रलाई निःशुल्क जग्गा, टेण्डर अन्तिम चरणमा


प्राथमिक स्वास्थ्य केन्द्रलाई निःशुल्क जग्गा, टेण्डर अन्तिम चरणमा

प्यूठान, १ भदौ । मल्लरानी गाउँपालिका-४ खलंगाका विश्वनाथ श्रेष्ठ खलंगा प्राथमिक स्वास्थ्य केन्द्रलाई निःशुल्क जग्गादान गर्नुभएको छ ।

१५ शैयाको आधारभुत अस्पताल निर्माणका लागि आवश्यक १ रोपनी ८ आना जग्गा श्रेष्ठले स्वास्थ्य केन्द्रको नाममा रजिस्ट्रेशन पास गरि हस्तान्तरण गर्नुभएको हो ।

खलंगा सरोकार समुहको विशेष अनुरोधमा श्रेष्ठले २०७७ माघ ८ गते जग्गादान गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।

 

हाल काठमाण्डौ बस्दै आउनुभएका श्रेष्ठले हिजो सोमबार जग्गा पास गरेर हन्तान्तरण गर्नुभएको समुहका संयोजक मनोज कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

भवन निर्माणको टेण्डर प्रक्रिया अन्तिम चरणमा
१५ शैयाको आधारभुत अस्पतालको भवनका लागि १८ करोड रुपियाँको भवन निर्माण हुँदैछ । त्यसका लागि मल्लरानी गाउँपालिकाले अघि बढाएको टेण्डर प्रक्रिया अन्तिम चरणमा पुगेको प्रमुख प्रशासकीय अधिकतृ बालकृष्ण थापाले बताउनुभयो ।

‘प्राविधिक मुल्यांकन भयो, आर्थिक मुल्यांकन भदौ २ गते हुन्छ,’ उहाँले भन्नुभयो,‘त्यसपछि टेण्डर फाइनल हुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *