प्यूठान, २५ चैत । गौमुखी गाउँपालिका–३ रजवारामा गोठमा आगलागी हुँदा दुई जना बच्चाको ज्यान गएको छ ।
बुधबार विहान करीव ९ बजे रमेश रानाको गोठमा आगलागी हुँदा ७ वर्षीय हिमाल राना र ३ वर्षीया चन्द्रकला रानाको ज्यान गएको स्थानीय किशोर रानाले जानकारी दिनुभयो ।
घरमा अभिभावक नभएको बेला आगलागी भएको उहाँले बताउनुभयो । घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी घटनास्थल जाँदै गरेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिनुभयो ।
