> समाज > भालुवाङ- प्युठान सडक विहान र साँझ मात्र बाटो खुल्ने


भालुवाङ- प्युठान सडक विहान र साँझ मात्र बाटो खुल्ने

प्युठान । भाुलवाङ- प्युठान सडक खण्ड अन्र्तगत गनाह चकचके क्षेत्रमा सडक मर्मत गर्न थालिएको छ । सडक डिभिजन प्युठानले उक्त क्षेत्रका विभिन्न ठाउँमा घुम्ती काटेर सडक चौडा बनाउने कार्य गर्न लागेको हो ।

 


मङ्सिर १२ गतेदेखी सडक मर्मतको काम हुने भएकाले विहान र साँझ मात्र सडक सुचारु हुने कार्यालयले सूचना जारी गरेको छ । विहान ८ बजेदेखी १२ बजेसम्म र साँझ ६ बजेदेखी ९ बजेसम्म सडक सुचारु हुने कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *