प्यूठान । लगातारको वर्षाको कारण क्षति पुर्याइएका घर परिवारलाई राहत स्वरुप त्रिपाल वितरण गरेको छ । झिमरुक गाउँपालिका विभिन्न वडाका क्षती ग्रस्त भएका ६ घर परिवारको लागी पालिकाले राहत स्वरुप ८ थान त्रिपाल वितरण गरेको हो ।
शुक्रबार गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्री सहितको टोलिले क्षती ग्रस्त घरमै पुगेर पीडितलाई त्रिपाल बितरण गर्नुभएको हो । झिमरुक गाउँपालिका भित्रका बस्तीमा भएको क्षतिको सम्पूर्ण विवरण संकलन गरी पीडितलाई थप राहत उपलब्ध गराउने अध्यक्ष महतरा क्षेत्रीले बताउनुभएको छ ।
झिमरुक गाउँपालिका वडा न. ५ को ३ वटा घर, वडा नं.४ को २ वटा घर र वडा नं.३ को १ वटा घर गरि जम्मा ६ घर पीडित परिवारले राहत पाएपछि ऊनीहरु खुशी भएका छन् । वर्षाले क्षतिग्रस्त भएको सडकको अनुगमन गरिएको छ । पहिरोले अवरुद्ध सडक जेसेबी लगाई खुलाउन शुरु गरिएको अध्यक्ष महतरा क्षेत्रीले बताउनुभयो ।