प्यूठान, १९ पुस । टिप्पर दुर्घटनामा परि प्यूठान नगरपालिका वडा नम्वर ७ का मुनाल भट्टको मृत्यु भएको छ ।
२१ वर्षीय भट्टको उपचारको क्रममा मर्सिसिटी हस्पिटलमा आज दिउँसो २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
ना ८ ख ३७०२ नम्वरको टिप्पर आज विहान सरुमारानी गाउँपालिका वडा नम्वर २ मा सडक किनारा भाँसिएर दुर्घटना भएको थियो । प्यूठानको अरङखोलादेखि दाङको कालाकाटे चुनढुङ्गा बोकेर जाँदै गरेको टिप्पर सडकबाट करिव ७५ मिटर तल खसेको प्रहरी निरीक्षक देविप्रसाद गैरेले बताउनुभयो ।
दुर्घटनामा घाईचे चालक अर्घाखाँची सितगंगा नपगरपालिका वडा नम्वर ११ का २७ वर्षीये सन्तोष रोकाको उपचार भइरहेको प्रहरी निरीक्षक गैरेले जानकारी दिनुभयो ।
