> समाज > पत्रकार भट्टको निधन


पत्रकार भट्टको निधन

प्यूठान, ११ बैशाख ।
नेपाल पत्रकार महासंघ प्यूठानका उपाध्यक्ष बसन्ता भट्टको निधन भएको छ । ४४ वर्षको उमेरमा विहीबार विहान भट्टको आफ्नै निवास सदरमुकाम खलंगामा निधन भएको पारिवारीक स्रोतले जनाएको छ ।

उहाँ लामो समयदेखि विरामी हुनुहुन्थ्यो । उहाँ पत्रकार महासंघ प्यूठानको उपाध्यक्ष सँगै रेडियो महिला आवाजको अध्यक्ष हुनुहुन्थ्यो ।
यसैबीच, नेपाल पत्रकार महासंघ प्यूठानले शोक बक्तव्य जारी गरी भट्टको निधनले शाखा परिवार तथा सम्पूर्ण जिल्ला स्थिति संचारकर्मीहरु अत्यन्तै दुःखी एवं मर्माहत भएको जनाएको छं ।

शाखाको संस्थागत विकास एवं पत्रकारिता क्षेत्रमा उहाँले पु¥याउनुभएको महत्वपूर्ण योगदान सदासर्बदा स्मरणीय रहनेछ । शाखाको कोषाध्यक्ष र उपाध्यक्ष पदमा रहेर उहाँले प्रत्यक्ष रुपमा अतुलनीय योगदान पु¥याउनुभएको छ । बक्तव्यमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!