प्युठान । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल जिल्ला शाखा प्युठानको १० औं अधिवेशन सप्पन्न भएको छ ।
अधिवेशनबाट विशेक थापाको अध्यक्षतामा नयाँ कमिटी सर्वसम्मत चयन भएको छ । कमिटीको उपाध्यक्ष महेश पाण्डे, सचिव किरण सुनार, उप-सचिव तिलक खड्का र काेषाध्यक्षमा कमल जि.सी. रहनुभएको छ ।
कार्यक्रम उद्घाटन शत्रमा प्रमुख अतिथि पौडेलले पार्टी निर्माणका लागि युवाहरूको रचनात्मक भुमिका हुनुपर्ने बताउनुभयो । उहाँले समाजमा रहेका बेथिति बिरुद्ध युवा उभिनुपर्नेमा जोड दिनुभयो ।
जिल्ला अध्यक्ष बिशेक थापाको अध्यक्षतामा भएको उद्घाटन शत्रमा लुम्बिनी प्रदेशका मन्त्री तुल्सिराम शर्मा, एमाले प्युठानका अध्यक्ष बिजय बिराज बिष्ट लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।