> समाज > प्युठान नगरपालिकाको शिक्षा शाखामा तालावन्दी


प्युठान नगरपालिकाको शिक्षा शाखामा तालावन्दी

प्युठान । प्युठान नगरपालिकाको शिक्षा शाखामा नेपाल विद्यार्थी संघले तालावन्दी गरेको छ । प्युठान नगरपालिकाको शिक्षा शाखामा काजमा रहेका शिक्षकहरुलाई सम्वन्धित विद्यालयम फिर्ता गराउन गरेको ध्यानाकर्षणमा नगरपालिकाले चासो नदिएपछि नेवि संघले तालावन्दी गरेको हो ।

 

नेविसंघले यसअघि असोज ७ गते नगरपालिकामा ज्ञापन पत्र बुझाएको थियो । आफूले राखेको माग पुरा नभएसम्म नगरपालिकाको शिक्ष युवा तथा खेलकुद शाखामा लगाईएको ताला नखोलिने अध्यक्ष कल्याण विक्रम के.सी.ले बताउनुभयो ।

नेपाल सरकारले २०८० जेठ ३१ गतेदेखी लागुहुनेगरी स्थानिय तहमा बिद्यालयबाट झिकाएर शिक्षकलाई स्थानिय तहको काममा लगाउन नपाईने र बिद्यालयमै फर्काउन परिपत्र गरेको थियो । तर प्यूठान नगरपालिकामा उक्त परिपत्रको बेवास्था गरिएको भन्दै उक्त कार्यमा नेविसघंको गम्भिर ध्यानाकर्षण भएको पत्रमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *