> समाज > सिल गरिएको झिमरुक गाउँपालिका खुल्ने


सिल गरिएको झिमरुक गाउँपालिका खुल्ने

प्युठान, ९ भाद्र । भाद्र ४ गते देखि बन्द रहेको झिमरुक गाउँपालिका कार्यालय लगायतका क्षेत्र खुल्ने भएको छ ।

गाउँपालिकाका २ जना कर्मचारीलाइ कोरोना पोजेटिभ देखिएपछि सिल गरिएको गाउँपालिका कार्यालय तथा बजार क्षेत्रहरु भाद्र ९ गते राती १२ वजे देखि खोल्ने र कार्यालयको कामकाज सञ्चालन गर्ने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद भुसालले जानकारी दिनुभयो ।

कन्ट्याक्ट ट्रेसिङ र समुदाय स्तरमा गरिएको परिक्षणको नतिजा १ जनाको बाहेक अन्यको नेगेटिभ आएकोेले शिल खोल्ने निर्णय गरिएको प्रशासकिय अधिकृत भुसालले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *