प्यूठान, २० फागुन । सरुमारानी गाउँपालिका स्तरीय प्रथम राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु भएको छ ।
सरुमारानी गाउँपालिका-२ दरभान स्थित खेलमैदानमा शुरु भएको प्रतियोगिताको खानेपानी तथा सरसफाई मन्त्री मणीचन्द्र थापाले उद्घाटन गर्नुभएको हो ।
प्रतियोगितामा पालिका भित्रका विद्यालयले सहभागिता जनाएका छन् ।
प्रतियोगितामा भलिवल, हाईजम्प, लङजम्प, त्रिपलजम्प, दौड, ज्याभ्लिन थ्रो लगायतका खेल हुँदैछन् ।
प्रतियोगिता शनिबारसम्म चल्ने आयोजकले जनाएको छ ।
