प्युठान । आफ्नै छोराको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय प्युठानले झिमरुक गाउँपालिका वडा नं. ७ तुषाराकी ३२ वर्षीया नारायणी के.सी.लाई पक्राउ गरेको हो ।
मृतक बच्चालाई काखमा च्यापेर गाउँ हिडिरहेको अवस्थामा केसीलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक हुमानन्द खनालले जानकारी दिनुभयो । ३ वर्षीय छोरा अप्रेल एम.सी.लाई हत्या गरेको आशंकामा नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।
असोज १८ गते दिउँसो मृतक बच्चालाई च्यापेर हिडेको देखेपछि स्थानीयले वडा कार्यालयमा खवर गरेका थिए । घटना लगत्तै इलाका प्रहरी कार्यालय मच्छीलाई खवर गरेर जानकारी गराएको वडा अध्यक्ष कृष्ण बहादुर जि.सी.ले जानकारी दिनुभयो ।