समाजराजनीति

खाना पकाउने ग्याँसको सहज आपूर्ति र शैक्षिक मुद्वा लिएर अनेरास्ववियुको ध्यानाकर्षण

प्यूठान । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले बिभिन्न मागहरु राख्दै जिल्ला प्रशासन कार्यालय प्यूठानको ध्यानाकर्षण गराएको छ ।

संगठनका जिल्ला ईन्चार्ज टेकराज केसी, संयोजक प्रेम बहादुर पुन, सहसंयोजक सुशील बुढामगर, सचिवालय सदस्य झरना पुनको एक टोलिले प्रमुख जिल्ला अधिकारी शान्तिराज प्रसाईंलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

संगठनले बुझाएको ध्यानाकर्षण पत्रमा निम्न मागहरु गरिएको छ ।
मागहरु :
१) प्यूठान जिल्लामा देखिएको खाना पकाउने एलपी ग्याँसको कृतिम अभाव, कालोबजारी, वितरण प्रणालीको तत्काल अनुगमन गरि सहज आपूर्तिको व्यवस्था तत्काल गरियोस् ।

२) संविधानले दिएको निःशुल्क शिक्षाको अधिकार पूर्ण रुपमा कार्यान्वयन गर्न माग गर्दछौं ।

३) प्यूठान जिल्लाका निजि विद्यालयहरुले प्रदान गर्नुपर्ने १० प्रतिशत निःशुल्क छात्रवृत्तिको विवरण सार्वजनिक गर्नका लागि जिल्ला प्रशासन कार्यालय मार्फत ध्यानाकर्षण गराउँदछौं ।

३) शैक्षिक क्षेत्रमा सरकारले लगाएको ३ प्रतिशत कर फेसबुकको स्टाटसबाट नभएर आधिकारीक रुपमा निर्णय गरि व्यवहारिक रुपमा फिर्ता गरियोस् ।

४) जिल्लाको स्वर्गद्धारी बहुमुखी क्याम्पसमा पार्टीका जिल्ला स्तरीय पदाधिकारीले अध्यापन गराउँदै आएकोमा गम्भीर ध्यानाकर्षण गराउँदछौं ।

Related Articles

Back to top button