> समाज > संचारकर्मीलाई कोभिड छात्रवृति २०२१ घोषणा


संचारकर्मीलाई कोभिड छात्रवृति २०२१ घोषणा

प्यूठान, १४ फागुन । पुर्वाञ्चल विश्वविद्यालयसँग सम्बन्धन प्राप्त काठमाडौं बबरमहल स्थित पोलिगन कलेजले स्नातकोत्तर तहमा आमसंचार र पत्रकारिता पढन चाहने संचारकर्मीको लागि कोभिड —१९ छात्रवृति घोषणा गरेको छ ।

धेरै संचारकर्मीहरुले जागिर गुमाउनु परेकोले र धेरैको आयमा कटौती भएकोले उनीहरुको पढ्ने चाहनाबाट वञ्चित हुन नपरोस् भनेर छात्रवृति घोषणा गरिएको कलेजका प्रिन्सिपल अविरल थापाले जानकारी दिनुभयो ।

 

पढन् चाहने सबैलाई ५० प्रतिशत र शुन्य आय भएका र पिछडिएका समुदाय वा वर्गकालाई समस्या पहिचानगरि शतप्रतिशत सम्म छात्रवृति दिईने पनि उहाँले जानकारी दिनुभयो । त्यस्तै महिला संचारकर्मीहरुको पढाईमा अझ स्तरोन्नति होस र पढनेहरुको संख्या पनि बढोस् भन्ने हेतुले विशेष छात्रवृतिको व्यवस्था गरिएको छ ।

 

संचारकर्मीहरुले यही फागुनभरि यो छात्रवृतिमार्फत २०२१ व्याचको लागि भर्ना गर्न सक्नेछन् । पोलिगन कलेजले सन् २०१० देखि स्नातकोत्तरमा र आगामी शैक्षिक सत्रदेखि स्नातक र पोष्ट ग्रयाजुएट डिप्लोमा कोर्ष पनि संचालन गर्ने तयारी गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *