> समाज > राहत सहयोग गर्न गाँउपालिकालाई भारतबाट पत्र


राहत सहयोग गर्न गाँउपालिकालाई भारतबाट पत्र

प्यूठान, २४ बैशाख ।
रोजगारीका लागि भारतका विभिन्न ठाउँमा पुगेका प्यूठानीले गाँउपालिका समक्ष राहतको अपिल गरेका छन् । कोरोनाबाट बच्न गरिएको लक डाउनले रोजगार गुमेको कारण खान समेत समस्या परेको भन्दै गाँउपालिका समक्ष पत्र लेखेका हुन् ।

नौबहिनि गाउँपालिकाका ३४ जना भारतको राजस्थानको जयपुर सिटिमा रहेका उनीहरु रोजगार गुम्दा समस्यामा परेका पत्रमा उल्लेख छ । मजदुरको रुपमा काम गर्दै आएका उनीहरु सबै डेरामा बस्दै आएको केशव भुसालले पठाउनु भएको पत्रमा लेखिएको छ ।

खाना खर्च सकिएसंगै समस्याबाट गुज्रीरहेको उनीहरुको गुनासो छ । भोकभोकै हुने अवस्था सिर्जना भै सकेकोले नौवहिनि गाँउपालिकालाई राहत रकम सहयोग गर्न अनुरोध गर्दै पत्र पठाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!