प्युठान, ११ बैशाख । झिमरुक नदीमा डुबेर एक युवकको ज्यान गएको छ ।
प्युठान नगरपालिका–३ सेपुङ निवासी १८ वर्षीय डोर बहादुर खड्काको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय विजुवारले जनाएको छ ।
शनिबार दिउँसो करीव ३ बजे घटना भएको हो । युवक भवन निर्माणको काम गर्ने र शनिबारको दिन नुहाउन खोलामा गएको स्थानीयले जानकारी दिएका छन् ।
खलंगा विजुवार जोड्ने पक्की पुल नजिकै पौडी खेल्ने क्रममा डुबेको बताइएको छ ।
