> आर्थिक > ऋणको ब्याजमा १० प्रतिशत छुट


ऋणको ब्याजमा १० प्रतिशत छुट

प्यूठान, १७ बैशाख ।
जिल्लाको फुलवारी बचत तथा ऋण सहकारी संस्थाले ऋणको ब्याजमा छुट दिने निर्णय गरेको छ । कोरोना संक्रणका कारण आर्थिक कारोबारमा परेको समस्यालाई मध्यनजर गर्दै बुधबार बसेको सञ्चालक समितिको बैठकले ब्याज रकममा १० प्रतिशत छुट दिने निर्णय गरेको हो ।

सहकारीले आगामी जेठ मसान्त भित्र किस्ता तथा व्याज बुझाए व्याज रकमको १० प्रतिशत छुट तथा व्याज मात्र बुझाएमा सात प्रतिशत छुट दिने अध्यक्ष भोज बहादुर बस्नेतले बताउनुभयो । असार मसान्तसम्म किस्ता तथा व्याज बुझाएमा भने पाँच प्रतिशत र व्याज मात्र बुझाएमा तीन प्रतिशत छुट दिने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

संस्थाले खाद्यान्न अभाव भएका आफ्ना विपन्न सदस्यलाई खाद्यान्नका लागि रकम आवश्यक परेमा विना व्याज पाँच हजार रुपियाँ ऋण उपलब्ध गराउने निर्णय समेत गरेको छ ।

फूलवारी वचत तथा ऋण सहकारी संस्था लि.  गत २०७६ पौषमा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. (नेफ्स्कुन ) र सहकारी विभागको सहकार्यमा नेपाल स्तरको प्रोवेशन व्राण्ड प्राप्त गरेको सहकारी संस्था हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!