Bannerआर्थिकआर्थिक/बिकाससमाज

तरकारी खेतिले फेरिएको धनुवास गाउँको पहिचान

प्यूठान । मल्लरानी गाउँपालिका-३ धनुवासको पहिचान नै फेरिएको छ । परम्परागत खेति प्रणाली र बालीबाट तरकारी खेतिमा किसानहरु आकर्षित भए पछि गाउँको पहिचान नै फेरिएको हो । अहिले धनुवासलाई तरकारी गाउँको रुपमा चिनिन थालेको छ ।

पछिल्लो पाँच वर्षदेखि यहाँका किसानहरु तरकारी खेति थालेका हुन् । यहाँका किसानहरुले व्यक्तिगतका साथै समुहमा समेत तरकारी खेति गर्दै आएका छन् । आलु, प्याज, काँक्रा, टमाटर लगायतका तरकारी उत्पादन हुने गरेको छ । उत्पादित तरकारीहरु स्थानीय बजारका साथै जिल्ला सदरमुकाम खलंगामा खपत हुँदै आएको छ । विक्रिबाट बचेको उत्पादनहरु कोल्ड स्टोरमा राख्ने गरिएको छ ।

`आलु र प्याज खेतिबाट तरकारी खेति सुरु गरेका छौं ।’ ,स्थानीय कृषक सन्तबहादुर अधिकारी भन्नुभयो, अघिल्लो वर्ष ३० र अहिले ४० क्वइन्टल आलु कोल्ड स्टोरमा पठाएको छ ।’ अहिले काँक्रा र टमाटर खेति गरिएको उहाँले बताउनुभयो । जिल्लामा रहेका कोल्ड स्टोरहरु संचालन नहुँदा जिल्ला बाहिर पठाउनु परेको किसानहरुले बताएका छन् ।

गहुँ, मकैं, कोदो, फापर खेति गरिँदै आएकोमा २०७५ सालदेखि तरकारी खेति थालिएको वडा सदस्य समेत रहेका वडा सदस्य समेत रहनुभएका यहाँका किसान अमर घर्तिमगरले बताउनुभयो । तरकारी खेतिबाट राम्रा आम्दानी हुने भएपछि यहाँका किसानहरु उत्साहित भएको उहाँको भनाई छ ।

किसानहरुको उत्पादनलाई मल्लरानी गाउँपालिकाले उत्पादनमा आधारित अनुदान दिने गरेको छ । सदरमुकाम खलंगामा कृषि संकलन केन्द्र संचालन गरि सहकारी मार्फत उत्पादनका आधारमा ५ रुपैंयादेखि ५० रुपैंयासम्म अनुदान दिने गरेको गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काले बताउनुभयो । `किसानहरुलाई प्राविधिक सहायताका लागि डोर टु डोर’ कार्यक्रम संचालन गरिएका छ ।’ ,उहाँले भन्नुभयो, `प्राधिकहरुको नियमित परार्मशसँगै कृषकहरुले आफ्नो उत्पादनको बजार भाऊमा गाउँपालिकाले अनुदान दिने गरेको छ ।’

तरकारी पकेट क्षेत्रका रुपमा विकास गर्न राष्ट्रिय कृषि आधुनिकिरण कार्यक्रमले धनुवासका किसानहरुलाई प्रविधि सीप सहयोग गरेको छ । वडा सदस्य सहित यहाँका किसानहरु तरकारी उत्पदानमा अग्रसर भएपछि हौसला दिन सहयोग गरिएको कार्यालयले जनाएको छ । `किसानहरुको उत्पादन बृद्धिका लागि प्राविधिक सीप दिएका छौं ।’ ,कार्यालय प्रमुख चुमानसिंह गिरीले भन्नुभयो, `गाउँपालिकासँगको सहकार्यमा उत्पादनको बजारीकरणमा समेत किसानहरुले सहयोग गर्ने गरिएको छ ।’

उत्पादन बृद्धिका लागि यहाँका किसानहरुले पशुचौपायाको मुत्र संकलन गरि अर्गानिक मल तयार गर्ने गरेका छन् । विरुवाको उत्पादकत्व बृद्धिका लागि यो उपयोगी हुने गरेको किसानहरुले बताएका छन् ।

Related Articles

Back to top button