> सम-सामायिक > ट्राफिक प्रहरीलाई स्वास्थ्य सामाग्री प्रदान


ट्राफिक प्रहरीलाई स्वास्थ्य सामाग्री प्रदान

दाङ, ४ जेठ । दाङका ट्राफिक प्रहरीहरुलाई विभिन्न संस्थाहरुले स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन् ।
सोनापुर सिमेन्ट उद्योग, लायन्स क्लब, तुलसीपुर उद्योेग बाणिज्य सघं लगाएतका विभिन्न निकायहरुले दाङ ट्राफिक प्रहरीहरुलाई स्वास्थ्य सुरक्षाका लागि आबस्यक सामाग्रीहरु उपलब्ध गराएका हुन् ।

जिल्लामा रहेका ७५ जना ट्राफिक प्रहरीलाई मास्क, पन्जा र सेनिटाईजर लगाएका सामाग्रीहरु ट्राफिक प्रहरी प्रमुखलाई हस्तान्तरण गरिएको हो । ट्राफिक प्रहरी प्रमुख प्रेमप्रसाद रेग्मीले आफु मातहतका विभिन्न स्थानमा खटिएका प्रहरीहरुलाई उक्त सामाग्रीहरु वितरण गर्नुभएको छ ।

लकडाउनको परिपालना गराउन खटिएका प्रहरीको स्वास्थ्य सुरक्षाका लागि उक्त सामाग्रीहरु उपलब्ध गराईएको हो । जोखिम मोलेर सेवामा खट्ने सुरक्षा निकायलाई प्राप्त सहयोगले मनोवल उच्च भएको ट्राफिक प्रहरी प्रमुख रेग्मीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!