> राष्ट्रिय > लकडाउन ७० दिन पुग्यो, काठमाण्डौमा विद्यार्थी समस्यामा, घर ल्याउन पहल थालिदै


लकडाउन ७० दिन पुग्यो, काठमाण्डौमा विद्यार्थी समस्यामा, घर ल्याउन पहल थालिदै

प्यूठान । सरकारले कोरोना संक्रमणको जोखिमबाट बच्नका लागि देशमा लकडाउन(बन्दाबन्दी) घोषणा गरेको ७० दिन पुगेको छ । यसबीचमा जो जहाँ छन त्यहि बस्न सरकारले आग्रह गरेतापनि विविध समस्याका कारण मानिसहरु जिल्ला फर्किरहेका छन् । भारत र देशका विभिन्न ठाउँबाट मानिस जिल्ला फर्किने क्रम चलिरहेको छ ।

यसैबीच, प्यूठानबाट काठमाण्डौ अध्ययनका लागि गएका विद्यार्थीहरुले लामो समयको लकडाउनले समस्या भोग्न थालेका छन् । डेरा गरेर बसिरहँदा समस्या हुन थालेको गुनासो आएको भन्दै उनीहरुलाई जिल्ला ल्याउन थालिएको छ ।

प्यूठानबाट काठमाण्डौं आई अध्ययनरत विद्यार्थी साथीभाईहरु कारोना भाईरस संक्रमणले सिर्जित लक डाउनका कारण डेरामै बसिरहँदा समस्या शुरु भएको व्यापक गुनासो आएका छन्, नेकपाका नेता विजयविराज विष्टले भन्नुभयो, उनीहरुलाई हामी घर फर्कने वातावरण तयार गर्दैछौं । जेठ २१ गतेसम्म फर्कन चाहने व्यक्तिलाई सम्पर्कमा आउन समेत उहाँले आग्रह गर्नुभएको छ ।

सम्पर्क व्यक्तिको रुपमा भावना विष्ट (९८४९६३८७०३), वेगम गिरी (९८४७८२१८१८), सिर्जन पोख्रेल (९८६०२०५४७६) तोकिएको विष्टले जानकारी दिनुभयो । जिल्ला फर्किनेले विभिन्न शर्त पालना गर्नुपर्ने समेत उल्लेख गरिएको छ ।

सम्वन्धीत वडा कार्यालयको अनुमति अनिवार्य, नेपाल सरकार र यसका विभिन्न निकायहरुले जारी गरेको मापदण्ड र स्वास्थ्य सम्वन्धी सूचकहरुको पूर्ण पालना गर्नुपर्ने, न्यूनतम गाडी भाडा बुझाउनुपर्ने, बाटोमा खानाको सुविधा हुन नसक्ने सम्भावनालाई ख्याल गरी खानाको व्यवस्था आफैले मिलाउनुपर्ने उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *