> स्थानीय सरकार > लैङ्गिक हिंसा बिरुद्ध १६ दिने अभियानको अन्तिम दिन जिल्लाभर बिबिध कार्यक्रम


लैङ्गिक हिंसा बिरुद्ध १६ दिने अभियानको अन्तिम दिन जिल्लाभर बिबिध कार्यक्रम

प्यूठान, २५ मंसिर । लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको समापन तथा अन्तराष्ट्रिय मानव अधिकार दिवशको अवसरमा आज जिल्लाभर विविध कार्यक्रम सम्पन्न भएको छ ।

मल्लरानी गाउँपालिका तथा अन्य संघ सस्थाहरुको सहकार्यमा अन्तरक्रिया कार्यक्रमका सम्पन्न भएकोे हो । कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समितिको प्रमुख केशवराज आचार्यले लैङ्गिक हिंसाको न्युनिकरण गर्नको लागी सबै तहबाट लागिपर्नु पर्ने बताउनुभएको छ ।

कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो ‘लैङ्गिक हिंसा सबैको साझा सवाल रहेकोले राज्यको हरेक अंग एकजुट भएर काम गर्न जरुरी छ ।’
कार्यक्रमको अध्यक्षता मल्लरानी गाउँपालिकाको अध्यक्ष अमरध्वजरानाले गर्नु भएको थियो । उहाँले मानवको रक्षा मानवलेनै गर्नु पर्ने बताउनु भएकोे छ । त्यस्तै लैङ्गिक हिंसा न्युनिकरणको लागि पालिका समेत लागि परेको बताउनु भएको छ ।

 

कार्यक्रममा महिला सहयोग मञ्चको अध्य पार्वता आचार्यले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । भने कार्यक्रमको सत्तचालन गैरसरकारी महाँसंघ प्यूठानको सचिव जुमानसिंह केसिले गर्नु भएको थियो कार्यक्रममा बिभिन्न सरोकारवाला निकायका व्यक्तिहरुको सहभागिता रहेको थियो ।
त्यस्तै प्यूठान नगरपालिका तथा माहुरी होम अन्तरगत सहज परियोजना कार्यक्रमको सहकार्यमा प्यूठान नगरपालिकामा अन्तरक्रिया कार्यक्र सम्पन्न भएको छ । कार्यक्रममा मेयर अर्जुन कक्षपतिले सरकार र नागरिक समाजको संयूक्तप्रयासले हिंसा न्यूनिकरण हुने बताउनुभएको छ ।

त्यस्तै माण्डवी गाउँपालिका तथा माहुरीहोम अन्तरगत सहज परियोजना कार्यक्रमको सहकार्यमा असल श्रीमान श्रीमतिको जोडीलाई सम्मान गरिएको छ भने । झिमरुक गाउँपालिका तथा माहुरीहोम सहज परियोजना कार्यक्रमको सहकार्यमा अन्तरक्रिया कार्यक्रम भएको परियोजनाका पालिका प्रतिनिधि एकराज भण्डरीले जानकारीले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *