प्यूठान समाचार सम्वाददाता
प्यूठान, १ फागुन ।
कुवेतमा काम गर्ने क्रममा पुरिएर चार जना नेपालीको मृत्यु भएको छ । कुवेतको अल–मुत्ला क्षेत्रको एक निर्माणस्थलमा बालुवा र ग्राभेलको ढिस्कोमा पुरिएर चार जना नेपालीको मृत्यु भएको कुुवेतका सञ्चार माध्यमले जनाएका छन् । मृतकको विस्तृत विवरण अहिलेसम्म खुलेको छैन ।






