> राष्ट्रिय > मानव अधिकार उल्लंघनका घटनाको समीक्षा


मानव अधिकार उल्लंघनका घटनाको समीक्षा

प्युठान । जिल्लामा मानव अधिकार उल्लंघनका घटनाहरुको विषयमा छलफल गरिएको छ । नेपाल मानव अधिकार वर्ष पुस्तक-२०२४ मा समेटिने घटनाहरुको बारेमा पूर्व समीक्षा कार्यक्रम गरिएको हो । अनौपचारीक क्षेत्र सेवा केन्द ्र(इन्सेक) को आयोजनामा सदरमुकाम खलङ्गामा सरोकारवालाबीच छलफल गरि समीक्षा गरिएको हो ।

 

कार्यक्रममा बोल्दै निमित्त प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालले इन्सेकले वार्षिक रुपमा प्रकाशन गर्ने पुस्तक राज्यको लागि समेत महत्वपूणर् दस्तावेज हुने बताउनुभयो । उहाँले उक्त पुस्तकमा जिल्लाका आधिकारीक घटनाहरु राख्नका लागि सवै सरोकारवालाको भूमिका महत्वपूणर् हुने बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायव उपरीक्षक इश्वर थापाले प्रहरी कार्यालयमा दर्ता भएका मुद्धाहरुको बारेमा जानकारी गराउँदै निष्पक्ष रुपमा प्रहरीले काम गर्दै आएको बताउनुभयो । उहाँले तथ्याङ्कहरुको विवरणलाई एकरुपता दिनका लागि समन्वय गर्न तयार रहेको बताउनुभयो । घटना विवरणलाई रुजु गरेर आधिकारिता दिनुपर्ने उहाँको भनाई छ ।

गैर सरकारी संस्था महासंघका सचिव जुमान सिंह केसीले सरोकारवाला निकायले मानव अधिकार रक्षाका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्नुपर्ने बताउनुभयो । उहाँले जिल्लाको अवस्थाको बारेमा नियमित छलफल र अन्र्तक्रिया हुनुपर्ने बताउनुभयो । कार्यक्रममा इन्सेक प्रतिनिधि रविन्द्र पाण्डेले घटना विवरण प्रस्तुत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *