गौमुखी । प्युठानको धार्मिक तथा पर्यटकीय स्थल गौमुखि दर्शन गर्न हिडेका एक युवाको लडेर मृत्यु भएको छ ।
गौमुखी गाउँपालिका-२ अर्खा ठुलाचौर भिर बाट लडेर झिमरुक गाउँपालिका-३ बादिकोटका बसन्त सामतको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका २७ वर्षीय सामतलाई उपचारको लागि जिल्ला अस्पताल बिजुवार लगिएको थियो । काब्राको रुखमा आड लागेर फोन गरिरहेका बेला लडेको स्थानीयले बताएका छन ।
