> राष्ट्रिय > आरम्भ चौतारीका प्युठान र रोल्पाका शाखा कर्मचारीलाई फिल्ड ब्यबस्थापन तालीम


आरम्भ चौतारीका प्युठान र रोल्पाका शाखा कर्मचारीलाई फिल्ड ब्यबस्थापन तालीम

प्युठान । आरम्भ चौतारी लघुबित्त बित्तीय संस्था लिमिटेडको लुम्बिनी प्रदेश कार्यालय बुटवल रुपन्देहीले फिल्ड कर्मचारीहरुका लागि १ दिने फिल्ड व्यवस्थापन तालीम दिएको छ ।
रोल्पा र प्युठानका ७ वटा शाखा कार्यालयमा कार्यरत २० जना फिल्ड कर्मचारीलाई तालीम दिईएको हो ।

 

संस्थाको सन्चालन बिभाग प्रमुख ख्यामकान्त अर्यालले फिल्ड व्यवस्थापन तथा लघुबित्तका समग्र आयाम सम्बन्धि सहजीकरण गर्नु भएको थियो भने प्रदेश प्रमुख अमरनाथ सेढाईले कर्मचारीको काम कर्तव्य जिम्मेवारी, कर्जा तथा जोखिम ब्यवस्थापन सम्बन्धि बिषयमा सहजीकरण गर्नु भएको थियो ।

 

जुम्री प्युठानमा भएको कार्यक्रम अधिकृत नवीन बोगटिले लघुबित्तको परिचय तथा बचत परिचालन सम्बन्धि विषयमा प्रशिक्षण गर्नु भएको थियो ।