प्यूठान । पाँच वर्षको अन्तरालमा हुँदै आएको लुङको देवाली यस वर्ष हुने भएको छ । आज भएको कुल पुजाँमा आगामी मंसिर १५ गते देवाली हुने मिति तय भएको हो ।
रिजाल बन्धुहरुको कुलपुजा(देवाली) जिल्लाकै ठूलो देवालीको रुपमा चिनिन्छ । नौबहिनी गाउँपालिका वडा नं. ६ स्थित लुङ मन्दिरमा देवाली हुने गर्दछ । यसअघि २०७३ सालमा लुङमा देवाली भएको थियो ।