> राजनीति > प्यूठानमा एमसीसीको निरन्तर विरोध


प्यूठानमा एमसीसीको निरन्तर विरोध

प्यूठान । मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) को विरोधमा जिल्लामा निरन्तर कार्यक्रम भएका छन् । जिल्लामा संयुक्त राजनीतिक दलले एमसीसीको विरोधमा ठाउँठाउँमा दैनिकजसो विरोधका कार्यक्रम गर्दै आएका छन् ।

 

विरोध कार्यक्रम अन्र्तगत आज आईतबार जिल्ला प्रशासन कार्यालय प्यूठान घेराउ गरिएको छ । घेराउ कार्यक्रमलाई सम्वोधन गर्दै राष्ट्रिय जनमोर्चा प्यूठानका अध्यक्ष कृष्ण बहादुर खड्काले अमरिकाको सम्राज्यवादसँग एमसीसी जोडिएकोले त्यसलाई भित्रन दिन नहुने बताउनुभयो ।

नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य टिकाराम पौडेलले नेपाली कांग्रेस र नेकपा एमालेले एमसीसी पारित गर्न खोजेपनि आफूहरुले पारित हुन नदिने बताउनुभयो ।

 

नेकपा मसालका प्रवक्ता ज्ञामुराम न्यौपानेले एमसीसी पारित हुन नदिने बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टीका नेता सूर्य प्रकाशले अमेरिकाको हस्तक्षेप स्विकार गर्न नसकिने भन्दै त्यसको निरन्तर खवरदारी गर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *