> राष्ट्रिय > दुर्घटनामा घाइते महेन्द्र खत्रीको उपचारका लागि सहयोग रकम जुट्यो


दुर्घटनामा घाइते महेन्द्र खत्रीको उपचारका लागि सहयोग रकम जुट्यो

प्युठान । झिमरुक गाउँपालिका-२ बादिकोटका महेन्द्र खत्रीको उपचारका लागि सहयोग रकम जुटेको छ । भारतमा दुर्घटनामा परि घाइते भएका खत्रीको उपचारका लागि बिभिन्न निकायबाट ३ लाख ६६ हजार ५ सय रुपियाँ सहयोग जुटेको हो ।

 

उक्त रकम झिमरुक गाउँपालिका-२ का वडाध्यक्ष कृष्ण प्रसाद पोख्रेल र प्युठान सेवा समाज दोहा कतार का पुर्ब अध्यक्ष एबम नौबहिनि गाउँपालिका-६ का वडा अध्यक्ष मान बहादुर केसीले सोमबार महेन्द्रका आमा बिजुला खत्रीलाइ हस्तान्तरण गर्नुभएको छ ।

 


कामको शिलसिलामा भारतमा रहेको र कामबाट कोठामा जाने क्रममा बिपरित दिशाबाट आइरहेको मोटरसाइकल एक आपसमा ठोकिँदा महेन्द्रको एउटा खुट्टा २ ठाँउबाट भाचिएको, छातीको २ वटा करङ भाचिएको र टाउकोमा गम्भीर चोटपटक लागेको छ ।तत्काल अप्रेसन गर्नुपर्ने भएको र घरको आर्थिक अवस्था कमजोर भएका कारण सहयोगी मनहरूसँग सहयोगका लागि अपिल गरिएको थियो ।

 

नेपालमा बिजुला खत्रीको खातामा १ लाख ९६ हजार ४९३ रुपियाँ, प्युठान सेबा समाज दोहा-कतार को अभियानबाट ८३ हजार ४९५ रुपियाँ, धर्म पौडेलबाट इराकको अभियानबाट ४१ हजार ७४२ रुपियाँ र भारतबाट ४३ हजार ८७० रुपियाँ
संकलन भएको छ ।