प्यूठान । पर्यटकीय तथा धार्मिक क्षेत्र स्वर्गद्वारीमा शनिवार भएको रक्तदान कार्यक्रममा १७ जनाले रक्तदान गरेका छन् । लायन्स इन्टरनेश्नल नेपाल ३२५ एन नेपालको तेश्रो क्याविनेट बैठकको अवसरमा रक्तदान कार्यक्रम गरिएको हो ।
रक्त सञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा नेपाल रक्तदाता स्वयमसेवी रक्तदाता समाज प्यूठान र रुपन्देहीको सहकार्यमा रक्तदान कार्यक्रम गरिएको हो ।
रक्तदानले विरामीको उपचारमा महत्वपूर्ण सहयोग पुग्ने भएकाले रक्तदानलाई नियमित र यस सम्वन्धी सचेतना आवश्यक रहेको रक्तदाता समाजका केन्द्रीय सदस्य मनु लामाले बताउनुभयो ।
