कमल बि.क.
प्युठान । जिल्ला सहकारी संघ लिमिटेड प्यूठानको आयोजना तथा प्यूठान नगरपालिकाको सहयोगमा प्यूठानमा सहकारीको अवस्था विषयक एक दिने अन्तरक्रिया कार्यक्रम विजय फूलवारी साकोसको सभाहल जुम्रीमा सम्पन्न भएको छ ।
अन्तरक्रिया कार्यक्रममा जिल्लामा सञ्चालित सहकारीका सञ्चालकले सहकारीको विकासको लागि स्थानीय सरकार तथा सरोकारवाला निकायले पहल गर्नुपर्ने बताएका छन् । कार्यक्रममा जिल्लाका सहकारीको समग्र अवस्थाको बारेमा छलफल गरिएको छ ।
जिल्ला सहकारी संघ लिमिटेड प्यूठानका अध्यक्ष सुशिल पोख्ररेलको अध्यक्षता रहेको कार्यक्रममा अतिथि प्रमुख जिल्ला अधिकारी मदन कोइराला, विजय फूलवारी साकोस प्यूठानका अध्यक्ष नेत्रमणि आचार्य, बचत तथा ऋण सहकारी जिल्ला संघका अध्यक्ष भोज बहादुर बस्नेत, विजय फूलवारी साकोसका सल्लाहकार लोक बहादुर बस्नेत, व्यवस्थापक प्रकाश वैद्य लगायतका अतिथिले भनाई राख्नु भएको थियो । कार्यक्रमको स्वागत मन्तव्य उपाध्यक्ष खिम बहादुर जि.सी. र सहजिकरण सञ्चालक छन्द बहादुर बस्नेतले गर्नुभएको थियो ।
