प्युठान । ग्रामीण आर्थिक बिकास मञ्च प्युठानको १६ औं वार्षिकोत्सब तथा सातौं अधिबेशन खलंगामा सप्पन्न भएको छ ।
अधिबेशनले नयाँ कार्यसमितिको अध्यक्षमा निर्मला पोख्रेल, उपाध्यक्षमा बसन्त के एम, सचिबमा शरद पोख्रेल, कोषाध्यक्षमा कल्पना खड्का, सदस्यमा शारदा बिक, सुजल श्रेष्ठ र निवर्तमान अध्यक्ष इन्द्रमणी पोख्रेल सदस्य रहनुभएको छ ।
त्यसैगरी मञ्चको सल्लाहकारमा बिजय कुमार श्रेष्ठ, बिजय जिसी र रन्जना श्रेष्ठलाई चयन गरिएको छ ।
मञ्चका अध्यक्ष निर्मला पोख्रेलको अध्यक्षता एबम गैरसरकारी संस्था महासंघ प्युठानका अध्यक्ष बिजय कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सञ्चालन सदस्य शरद पोख्रेलले गर्नुभएको थियो ।
कार्यक्रममा कोषाध्यक्ष कल्पना खड्काले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।
