> समाज > नेता खगुलाल गुरुङलाई प्रदेश प्रमुख जनसेवा पदक


नेता खगुलाल गुरुङलाई प्रदेश प्रमुख जनसेवा पदक

प्यूठान, ३ असोज । संविधान दिवस २०७७ को अवसरमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता प्यूठान नारिकोटका खगुलाल गुरुङले प्रदेश प्रमखु जनसेवा पदक प्राप्त गर्नुभएको छ ।

प्यूठानको बाम आन्दोलनको अगुवाकर्ता भई गणतन्त्र स्थापनाको लागि योगदान गरेको भन्दै प्रदेश ५ ले उहाँलाइ उक्त पदक प्रदान गरेको हो । त्यसैगरी प्रदेशले संविधान दिवसको अवसरमा गुरुङसहित ५८ जनालाई विभिन्न पदक प्रदान गरेको हो ।

को हुन् त प्रदेश प्रमुख जनसेवा पदक पाउने गुरुङ ?

६५ वर्ष सक्रिय राजनीतिमा विताएका खगुलालको जन्म वि.स. १९७५ साल भदौ २८ गते तत्कालीन बाग्लुङ जिल्लाको खरा (हाल प्यूठानको रजबारा)मा भएको हो । २००७ सालको प्रजातान्त्रिक आन्दोलन पछिका हरेक राजनीतिक राजनितिक आन्दोलनहरुमा उनले नेतृत्वदायी भुमिका निर्वाह गर्दै आएका छन् ।

२०१० सालमा प्यूठानको विजयनगर (रातामाटा)मा प्रगतिशील अध्ययन मण्डलद्वारा सञ्चालित तीन महिने जनता शिक्षण शिविरमा सामेल भए । शिविरमा उनी शारीरिक प्रशिक्षक थिए । २०१० मङ्सिर मै प्यूठानमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरे ।

अखिल नेपाल किसान सघ स्थापना गरी प्यूठानमा किसान आन्दोलनहरु शुरु भए । आन्दोलनको शुरुवात गुरुङ कै नेतृत्वमा उनकै गाँऊ नारिकोटबाट शुरु भएको हो । फागुन २४ गते, किसान आन्दोलनका नामले प्रसिद्ध छ ।

प्यूठान ठूलावेशीमा आयोजित एक कार्यक्रममा खगुलाल गुरुङ । तस्विर : प्यूठान समाचार फाईल

२०११ सालमा पाल्पाको झडेवामा भएको पश्चिम गण्डक प्रान्तीय सम्मेलन तथा जनकपुरमा भएको अखिल नेपाल किसान सघको राष्ट्रिय सम्मेलनमा उनी सहभागी भए ।

आन्दोलनकै सिलसिलामा सदमुकाम खलंगामा हुने कार्यक्रममा सहभागी हुने क्रममा खगुलाल सहित मोहनविक्रम सिंह, रूमबहादुर पाण्डे, नन्दलाल गुरुङ, सिद्धिमान सिंह र नेपाली काग्रेसका हेमराज पण्डितलाई प्रहरीले बाग्दुलाबाट गिरफ्तार गर्यो ।

जेलबाटै अन्यायका विरुद्ध सघर्ष सुरू गरेपछि कहिले पाल्पा, कहिले सल्यान, कहिले प्यूठान जेल परिवर्तन भै रहन्थ्यो । २०१३ सालको कात्र्तिकमा जेलमुक्त भए । काठमाडौँमा भएको पार्टीको दोस्रो महाधिवेशनमा खगुलालले प्यूठानबाट पार्टीको प्रतिनिधिका रूपमा भाग लिए ।
थवाङमा पार्टी निर्माणको नेतृत्व लिएका खगुलाल २०१५ सालको संसदीय चुनावमा उनी क्षेत्र नं. ८३ बाट उम्मेदवार बने । उक्त क्षेत्र तत्कालिन बाइसखुवा र कालाशेष थुम (अहिलेको रोल्पा) जिल्ला हो ।

२०१७ सालमा देशमा निरंकुश राजतन्त्र र पञ्चायती तानाशाही शासनको स्थापना भएपछि पार्टीमाथि प्रतिबन्ध लाग्यो । पार्टी तेश्रो महाधिवेशनसम्म आईपुग्दा फुट्यो । गुरुङ प्रधानपञ्च भए, त्यहिबाट फेरी वर्गसंघर्षका आन्दोलन चलाए ।

पञ्चायति व्यवस्थामा गुरुङ टिक्न सकेनन् । भूमिगत संगठन बनाउँदै पञ्चायती व्यवस्था विरुद्ध संघर्ष चलाए । २०४६ सालमा बहुदलीय व्यवस्था र त्यसपछिका संघर्षहरुमा उनी सक्रिय भए ।

शारीरिक रूपमा सहभागी हुन नसकेपछि खगुलाल नेपालको कम्युनिष्ट आन्दोलन बारे जानकारी लिइनै रहन्छन् । विभिन्न पार्टीको दस्तावेजहरु, घोषणा पत्रहरु उनी अहिले पनि नियमित अध्ययन गर्दछन् ।

संविधान दिवस २०७७ को अवसरमा प्रदेश नं. ५ प्रदेश सरकारले विभुषित गरेका व्यक्तिहरुको नामावली हेर्न यहाँ क्लिक गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *