राजनीतिराष्ट्रियसमाज

प्यूठान नगरपालिकाको कामप्रति एमालेको ध्यानाकर्षण

प्यूठान । नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्यूठान नगर कमिटीले प्यूठान नगरपालिकाको काम कारवाहीप्रति ध्यानाकर्षण गराएको छ । नगर कमिटीले २७ बुँदे माग सम्वोधन गर्न आग्रह गर्दै नगरप्रमुख विष्णु बहादुर योगीलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

 

तुरुन्त जग्गा वर्गीकरण गर्नुपर्ने, स्थानीय सरकार सञ्चालन ऐन विपरित गरिएको नियुक्ती खारेज गर्नुपर्ने, कार्यपालिकाको निणर्य नियमित सार्वजनिक गर्नुपर्नेमा २०८० जेठ २८ गते एकै पटक सार्वजनिक गरिएकोले नियमित गर्नुपर्ने लगायतका माग रहेका छन् ।

 

नगर कमिटी अध्यक्ष लछुमन भण्डारी सहितको टोली प्यूठान नगरपालिकामा पुगेर ध्यानाकर्षण गराएको हो ।

Related Articles

Back to top button