राष्ट्रियसमाज

प्युठानमा खोलाले तीन जनालाई बगायो, एक जनाको शब भेटियो

प्युठान । प्युठानमा खोलाले तीन जनालाई बगाएको छ । माण्डबी गाउँपालिका स्थित अरङखोलाले एक महिला र दुई बालबालिकालाई बगाएको प्रहरीले जनाएको छ ।

 

आपचौरबाट स्थानीय अस्पतालमा जाने क्रममा २८ बर्षिया देबिसरा कार्की, देबिसराको दुई बर्षिय छोरा दिनेश कार्की, आठ बर्षिया अनुस्का अधिकारीलाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक देबिप्रसाद गैरेले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार देबिसराको माण्डबी २ मा शब फेला परेको छ । दुई जना बालबालिकाको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।

Related Articles

Back to top button