> राष्ट्रिय > सरुमारानीको बजेट ४३ कराेड ९३ लाख ५२ हजार ३०७


सरुमारानीको बजेट ४३ कराेड ९३ लाख ५२ हजार ३०७

सरुमारानी । सरुमारानी गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि ४३ कराेड ९३ लाख ५२ हजार ३ सय ७ रूपैया बजेट बिनियोजन गरेको छ । १३ औं गाउँ सभाबाट उक्त बजेत बिनियोजन गरेको हो ।

 

गाउँपालिकाका प्रबक्ता चिन्त बहादुर सोमैका अनुसार आर्थिक विकास तर्फ र ४ करोड १३ लाख ८० हजार, सामाजिक विकास तर्फ २२ करोड ९५ लाख ५० हजार, पूर्वाधार विकास तर्फ ५ करोड ७६, लाख रुपियाँ बिनियोजन भएको छ ।

 

सुशासन तथा अन्तर सम्वन्धित क्षेत्र तर्फ १ करोड ८२ लाख ९९ हजार ३०७ र कार्यालय संचालन तथा प्रशासनिक खर्च तर्फ ९ करोड २५लाख २३ हजार रुपियाँ बिनियोजन भएको प्रबक्ता सोमैले प्युठान समाचारलाई जानकारी दिनुभयो ।